शुक्रबार २४ पुष, २०७७
पुष २४, काठमाडौं । राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक बन्द नगर्न निर्देशन दिएको छ ।
दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको छ ।
केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी समेत गराएका छन् ।