मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

संसद विघटन निरंकुश कदमः संविधानसभा सदस्य परिषद् 

शुक्रबार २४ पुष, २०७७ फिल्म ~ शाला टिभी 1101


संसद विघटन निरंकुश कदमः संविधानसभा सदस्य परिषद् 

पुष २४, काठमाडौं । संविधानका हस्ताक्षरकर्ताहरुको साझा संगठनका रुपमा रहेको संविधानसभा सदस्य परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद विघटन गैरसंवैधानिक भएको बताएको छ ।

परिषद्का सचिव डोरप्रसाद उपाध्यायद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अग्रगामी प्रत्यत्न र संघर्षविरुद्ध निरंकुश शैलीमा संविधानमाथि धावा बोलिएको छ । षड्यन्त्र, जालझेल, झुट र बेइमानीका अनगिन्ती पराकाष्ठाहरु नाघेर यस प्रकारको गैरसंवैधानिक हर्कत गरिएका छन् ।’

‘यो असंवैधानिक कदम सच्याउन गरिने शान्तिपूर्ण संघर्षहरुमा भाग लिन सबै संविधानसभा सदस्यहरुलाई अपील गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

परिषदले मुलुकलाई थप जटिल बन्न नदिन संसद विघटनको कदम खारेज गर्न माग गरेको छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु