सोमबार २७ पुष, २०७७
पुष २७, काठमाडौं । उपकुलपति नन्दबहादुर सिंहको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले उपकुलपतिको पुत्ला सोमबार बिहानै विश्वविद्यालय परिसरमा जलाएका छन् ।
विद्यार्थीले विश्वविद्यालयमा सम्बन्धनविनै अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ, कोरोना अवधिको शुल्क मिनाहको विषयमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन जाँदा उपकुलपतिले ज्ञापन पत्र बुझ्न नमानेपछि धर्नामा बसेका विद्यार्थीमाथी प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाईफायर गरेको विद्यार्थीको दाबी छ । त्यसक्रममा केही विद्यार्थी घाइते समेत भएका छन् ।
केही महिनाअघि मात्रै ज्ञापनपत्र बुझाउन उपकुलपति कार्यालय पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिल शाहीमाथि उपकुलपतिको संलग्नतामा उनकै कार्यकक्षमै कुटपिट भएको थियो ।
TimothyFoump
viagra buy women cialis black buy viagra forum buying cialis cheap cheap cialis levitra