सोमबार २७ पुष, २०७७
पुष २७, भक्तपुर । सहयोगी हातहरु नेपालको तेस्रो वार्षीक साधारण सभा आज सम्पन्न भएको छ । “सबैको साथ सहयोगी हात” भन्ने मुल नाराका साथ सूर्यविनायक न.पा ५ र ६मा पर्ने सहयोगी हातहरु नेपाल संस्थाको तेस्रो वार्षीक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
स्थानिय स्थरमा आफ्नो अलगै पहिचान राख्न सफल संस्थाका अध्यक्ष श्री सुबिन केसीको अध्यक्षतामा सम्पन्न समारोहमा सुवर्णेश्वर आधारभुत विद्यालयका प्राध्यापक श्रीकृष्ण राउतको प्रमुख आतिथ्यमा भएको सो समारोहमा सु.न.पा ६का वडा सदस्यहरु रमा गौतम, सुदाम केसी, जेष्ठ सदस्य कृष्णराज केसी र रामेश्वर केसीको उपस्थिति रहेको थियो ।
‘समाज विकासका निम्ति युवाहरुले एकताबद्ध भएर उल्लेखनिय नेतृत्व पद्धति र छलफलबाट नै संस्था सबैको सहयोगी साथी बन्न सफल रहेको प्रमुख अतिथि राउतले बताउनुभयो ।’
संथाको भावी योजनाका बारेमा प्रष्ट्याउँदै संस्थाका उपाध्यक्ष मिलन कार्कीले स्वागत मन्तव्य राखेका थिए । ०७६–०७७को लेखा परिक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्ष भुवन केसीले प्रस्तुत गरे । उक्त संस्थाका सचिव विवेक कोइरालाले कार्यक्रम सञ्चालन गर्नुका साथै प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
यस संस्थाले कोभिड–१९को महामारीमा पनि उल्लेखनिय काम गर्दै समाजका लागि जनचेतना मुलक कार्यक्रम गरी अपूर्णीय काम गर्दै आएको र अझै गर्दै जाने प्रतिबद्धताका साथ भावियोजना सहित आजिवन सदस्य प्रमाणपत्र वितरण गर्दै कोभिडको सम्पूर्ण मापदण्ड पुरा गरी संस्थाका अध्यक्षले कार्यक्रम समापन गरे ।
तस्बिरः देवी श्रेष्ठ
buy viagra by paypal cialis buy in canada buying viagra online guide cialis sale viagra super active cheap
TimothyFoump
where to buy the cheapest cialis cheap cialis online generic cialis pills e20 cialis manufacturer coupon 2020 where to buy cheap generic viagra