मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

गगन थापाले कमलपोखरीको निर्माणकार्य रोक्न मेयरलाई लेखे पत्र

बुधबार २९ पुष, २०७७ फिल्म ~ शाला टिभी 1067


गगन थापाले कमलपोखरीको निर्माणकार्य रोक्न मेयरलाई लेखे पत्र

पुष २९, काठमाडौं । तत्कालका लागि कमलपोखरीको निर्माण कार्य रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पत्र लेखेका छन् ।

२०७६ सालदेखि निर्माण सुरु भएको कमलपोखरीको चौतर्पिm कंक्रिट संरचना निर्माण गर्ने र वास्तविक पोखरीलाई साँघुरो बनाउने निर्माण पक्षको योजनालाई सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी लगायतले विरोध गरिरहेको समयमा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद समेत रहेका थापाले पनि निर्माण रोक्न नगरप्रमुखलाई पत्र लेखेका हुन् ।

करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल स्वरूप ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

पोखरीको पूर्वतर्फ भ्युप्वाइन्ट राखेर संरचना बन्दैछ । पोखरीमाथि ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने, योजना छ । त्यसका लागि रानीपोखरीमा जसरी नै पानी सुकाएर काम गरिँदैछ । त्यसै कार्यको स्थानीय जनप्रतिनिधिले समेत विरोध गरेका हुन् ।
 




मतहरू

TimothyFoump

buy cialis generic online cheap goodrx cialis cheap-generic-viagra.co.uk erfahrungen cialis daily cost buy cialis online germany

TimothyFoump

cheap levitra online uk buy viagra online new york where to buy cheap viagra in uk viagra dapoxetine sale cialis color of pills


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु